अमेरिकामा नेपाली फिल्म अवार्ड हुँदै

 अमेरिकामा नेपाली फिल्म अवार्ड हुँदै

मङ्सिर ८, २०७६ || अमेरिकाको सान फ्रान्सिस्को को बे एरियामा हुन गईरहेको चौथो ग्लोबल नेपाली फिल्म अवार्ड नोभेम्बर ३० मा बर्कली शहरमा अवस्थित युसी थिएटरमा अवार्ड आयोजना हुने भएको छ । ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसीको मुख्य आयोजनामा हुन लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा नेपालबाट चर्चित कलाकारहरूको सहभागिता रहने बताइएको छ।

आयोजकका अनुसार अवार्ड समारोहमा राजेश हमाल, शिव श्रेष्ठ, भुवन केसी, नीर शाह, अनमोल केसी, नम्रता श्रेष्ठ, कृष्ण मल्ल, शर्मिला मल्ल, केकी अधिकारी अञ्जु पन्त, , दीपाश्री निरौला, सम्भुजीत बास्कोटा , सन्दीप क्षेत्री, बर्षा राउत, रीमा विश्वकर्मा, सन्ध्या केसी लगायत कलाकार हरुको उपस्थिती रहने छ । नेपाली कलाकारहरुले उक्त अवार्ड शो मा आ – आफ्नो कला देखाउने भएका छन् । अमेरिकामा नेपाली फिल्मको बजार प्रबर्द्धन, फिल्मकर्मीहरुलाई सम्मानसँगै ‘पर्यटन बर्ष २०२०’लाई लक्षित गरेर अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाई छ । कार्यक्रममा सहभागी हुन चाहने दर्शकले भिआइपीको लागि ६० र साधारणको लागि ३० डलर टिकट मूल्यमा टिकट खरिद गर्नुपर्ने छ । अवार्ड कार्यक्रमबाट हुने नाफा बे एरियामा निर्माणको क्रममा रहेको नेपाली सामुदायिक भवन केन्द्रलाई सहयोग गरिने आयोजक संस्था गोल्डेन स्टेट मुभी मेकर एलएलसीका अध्यक्ष यज्ञलाल श्रेष्ठले बताउनु भएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *