सञ्चारकर्मी सुरेन्द्र थापाको प्रस्तुतिमा निर्माण भएको लघु चलचित्र ‘छोरी’ को ट्रेलर सार्वजनिक

 सञ्चारकर्मी सुरेन्द्र थापाको प्रस्तुतिमा निर्माण भएको लघु चलचित्र ‘छोरी’ को ट्रेलर सार्वजनिक

काठमाडौं | कोरोनाको कारण लामो समयदेखि चलचित्र हलहरु ठप्प भएका छन् । यतिबेला निर्माताहरुले चलचित्र निर्माणका लागि खास्सै चासो देखाएका छैनन् भने निर्माण भैसकेका चलचित्रहरुलाई पनि प्रदर्शनमा ल्याउने कुनै तयारी गरेका छैनन् ।

यसैबीच लामो समयदेखि नेपाली चलचित्र क्षेत्रको विषयमा कलम चलाउँदै आइरहेका चर्चित सञ्चारकर्मी सुरेन्द्र थापाले यसपालिको दशैमा लघु चलचित्र ‘छोरी पेश गर्दै छन् ।

हालै सञ्चारकर्मी सुरेन्द्र थापाको प्रस्तुतिमा निर्माण भएको लघु चलचित्र ‘छोरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको उक्त ट्रेलरमा नेपालमा रहनुभएका बुवा र विदेशमा रहेकी छोरीबीचको एक्लोपनालाई देख्न सकिन्छ ।

नेपालीहरुको महान पर्व तीज, दशै, तिहार, छठमा आफ्नो परिवारसंग रमाइलो पल बिताउनुपर्ने ठाउँमा सात समुन्द्रपारी एक्लै बस्नुपर्ने पिडालाई चलचित्रमा दर्शाइएको छ ।

१५ मिनेट समयावधिको चलचित्र ‘छोरी’ लाई विदेशमा रहेका दर्शकहरुले आजबाट नै ‘नेट टिभी’ मार्फत र ‘भिडियो पसल’ मार्फत हेर्न सक्ने चलचित्रका प्रस्तुतकर्ता सुरेन्द्र थापाले बताए ।

चलचित्रमा वसन्त पोख्रेल, सरिता भुजेल, सुरेन्द्र थापा, अजय पन्त, आर के बिसी, सम्झना थापा र बाल कलाकार श्रीदा पाण्डेको बेजोड अभिनय रहेको छ ।

ज्ञानु राईको छायाङ्कन, गौतमराज खड्काको सम्पादन रहेको यस चलचित्रलाई गौतम सुवासप्रसाद पाण्डे र नमराज भण्डारीले संयुक्त रुपमा निर्माण गरेका हुन् भने वसन्त पोख्रेलले लेखन तथा निर्देशन गरेका हुन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *