‘स्पाइनी ब्याबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भव्य रुपमा सम्पन्न

 ‘स्पाइनी ब्याबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भव्य रुपमा सम्पन्न

काठमाडौं | ‘स्पाइनी ब्याबलर मूभिज प्रा.लि.ले आयोजना गरेको ‘स्पाइनी ब्याबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ ( SBIFF ) को पहिलो संस्करण र भव्यतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौंको रातो पुल स्थित ‘रक हाउस क्याफे’ मा आयोजना गरिएको उक्त महोत्सवमा भारत, पाकिस्तान, फिलिपिन्स, अमेरिका, जापान, क्यानेडा, श्रीलंका, बंगलादेश लगायतका देशहरुबाट १२५ भन्दा बढी लामा तथा छोटा चलचित्रहरुको सहभागीता रहेको थियो ।

महोत्सवमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, वरिष्ठ चलचित्र लेखक, निर्देशक एवं कलाकार मोहन निरौला, नायक धिरेन शाक्य, वरिष्ठ गीतकार तथा पत्रकार शान्तिप्रिय, गायक शिव परियार, विजय रत्न तुलाधर, पत्रकार सुमन बैरागी, सुरेन्द्र थापा, सुर्यचन्द, ज्योती प्रकाश, लगायत कलाकर्मीहरुको उपस्थिति रहेको थियो ।

उक्त समारोहमा वरिष्ठ चलचित्र लेखक, निर्देशक एवम् कलाकार मोहन निरौलाले छोटो मन्तव्य व्यक्त गर्नुभएको थियो भने कलाकर्मीलाई प्रोत्साहन तथा हौसला प्रदान गर्न नेपाली चलचित्रहरुलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउनुका साथै नेपाली चलचित्रको सम्मान हुने राम्रो माध्यम बनाउनको लागि यो महोत्सव आयोजना गरिएको ‘स्पाइनी ब्याबलर मूभिज प्रा. लि. का अध्यक्ष डा. हुस्नेद आजादले बताए ।

‘बससेवा’ को प्रायोजकमा सप्पन्न भएको उक्त समारोहमा बिजेता हुने कलाकर्मीलाई अवार्ड, प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको थियो । गत मे १ मा आयोजना हुन लागेको यस ‘स्पाइनी ब्याबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ कोरोना भाइरका कारणले स्थगित भएको थियो । विजेताहरुको सूची यसप्रकार रहेको छ :

अन्तर्राष्ट्रिय अवार्ड विजेता शर्ट फिल्म र्टोटड : डायरेक्टर अफ फोटोग्राफी (पाकिस्तान) नक : सर्वोत्कृष्ट अन्तराष्ट्रिय स्क्रिप्ट (फिलिपिन्स) हाउसब्रेकिंगः  सर्वोत्कृष्ट अन्तराष्ट्रिय लघु फिल्म (भारत) हाउस ब्रेकिंगः सर्वोत्कृष्ट अन्तराष्ट्रिय निर्देशक (भारत)

राष्ट्रिय वृत्तचित्र अवार्ड विजेता : २०९७ साल (सर्वोत्कृष्ट छायांकार) :दिपेन महर्जन र मोहन कुमार ओसिस –सर्वश्रेष्ठ राष्ट्रीय लघु वृत्तचित्र : (जैस्पर न्यौपाने, रस्मिता लिम्बु) काठमाडौंदेखी गोक्यो सम्म ट्रेकिंग : (सर्वोत्कृष्ट राष्ट्रिय वृत्तचित्र फिल्म पर्यटन)  – निर्देशक माधब राज खरेल, निर्माताः कमला जोशी र पूर्ण राइ)

राष्ट्रिय चलचित्र अवार्ड विजेता
लम्फू : सर्वोत्कृष्ट अभिनेता – संजीत भंडारी लक्ष्मी पूजा : सर्वोत्कृष्ट निर्देशक – समीर मियाँ कुईनेटो : सर्वोत्कृष्ट छायांकार – जीवन पराजुली कुईनेटो : सर्वोत्कृष्ट चलचित्र – निर्देशक माधव राज खरेल/ नायक श्रीदेब भट्टराई

राष्ट्रिय लघु चलचित्र अवार्ड विजेता
बिस्कुन : सर्वोत्कृष्ट नेशनल इंस्पिरेशनल – गणेश उपाध्याय फागुनिया : सर्वोत्कृष्ट निर्देशक –सरिता शाह जनको जुत्ता : सर्वोत्कृष्ट नेशनल मोटिवेशनल – केदार श्रेष्ठ प्रिष्टः सर्वोत्कृष्ट स्क्रिप्ट लेखन – तिल थापा मगर द रेड मून : सर्वोत्कृष्ट छायांकार – रबिन श्रेष्ठ र लुजाव सिंह वार आफ्टर वारः सर्वोत्कृष्ट राष्ट्रिय लघु चलचित्र –– राजेश श्रेष्ठ वेदानाः सर्वोत्कृष्ट कृषि लघु चलचित्र – अशोक पाठक कन्फिडेन्सः सर्वोत्कृष्ट एजुकेशनल लघु चलचित्र – डा. नजीम सेख

सम्मान
चलचित्रकर्मी सम्मान : ऋषि लामिछाने संचारकर्मी सम्मान: विष्णु सुवेदी चलचित्रकर्मी सम्मान : लक्ष्मण सुवेदी

निर्णायक समूह
शिव परियार : पाश्र्व गायक गोपाल ढकाल : कमेडी अभिनेता जिवन थापा : चलचित्र लेखक/ निर्देशक दयाराम घिमिरे : बृत्तचित्र निर्देशक एवं संचारकर्मी रविचन्द्र कोईराला : छायांकार आयुष श्रेष्ठ : लेखक तथा निर्देशक भुुपेन्द्र अधिकारी : चलचित्र सम्पादक सुरज पौडेल : गायक अच्युत बजगाई : भिज्युअल ईफेक्ट आर्टिष्ट साहिल खान : चलचित्र सम्पादक

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *