‘मेरो जिन्दगी रहेसम्म म समाजप्रतिको जिम्मेवारी भुल्ने छैन’ : श्वेता खड्का

 ‘मेरो जिन्दगी रहेसम्म म समाजप्रतिको जिम्मेवारी भुल्ने छैन’ : श्वेता खड्का

काठमाडौं | नेपाली कलाकारहरुले कोरोनाको महामारी अवस्थामा समस्यामा परेका मानिसहरुलाई आफ्नो तर्फबाट अक्सिजन, एम्बुलेन्स र खाद्यान्न सहयोग गरिरहेका छन् ।

सहयोग गर्ने क्रममा नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री श्वेता खड्काले केहि समय अगाडि कोरोना संक्रमित बिरामीलाई अक्सिजन जुटाउन ५० हजार आर्थिक सहयोग गरेकी थिइन् ।

हालै उनले खाद्यान्न अभाव भइ छाक टार्न समस्या भएका मानिसहरूलाई निःशुल्क खाना वितरण गर्न सामाजिक कार्यमा सक्रिय संस्था ‘हाम्रो टिम नेपाल’ लाई ३० हजार सहयोग गरेकी छिन् ।

उनले वास्तविक जीवनमा अर्काको दुःख आफ्नै लागेर रोइने र अर्काको सुखमा रमाउने गरेको उल्लेख गर्दै आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा आफ्नो भावहरु व्यक्त गरेकी छिन् ।

फेसबुकमा उनले लेखेकी छिन् “हो , मेरो अभिनय को क्षेत्र भिन्नै छ । जहाँ म नचाहेर पनि हाँस्नु पर्छ , मन नलागी नलागी रुनु पर्छ । थाकेको हुन्छु , नाच्नु पर्छ । मौन बस्ने मन हुँदा हुँदै , गुनगुनाएको जस्तो गर्नु पर्छ । त्यो सिनेमाको एउटा पाटो हो ।

तर सामाजिक कामको जिम्मेवारी अर्कै छ । जहाँ अभिनय भन्दा पनि वास्तविक जिवनको भोगाईमा सम्म्रीसित भईन्छ । अर्काको दु:ख आफ्नै जस्तो लागेर रोइन्छ अनि अर्काको सुखमा हाँसी खुशी रमाइन्छ ।

जहाँ मन जोडिन्छ नि हजुर ! त्यहाँ भावना मिल्छ । म, मेरो सामाजिक क्षेत्रलाई मनले जोडेर राख्न चाहन्छु , अभिनयले होईन ।

मेरो क्षमता, गक्षता र शिपले जे भ्याउँछ त्यही प्रयोग गर्दै मन बाटनै सामाजिक सेवाको क्षेत्रमा होम्मिने छु । मेरो जिन्दगी रहेसम्म म समाज प्रतिको जिम्मेवारी भुल्ने छैन । यो मेरो प्रण हो।”

सम्बन्धित खबर