‘सुन साइँली’ का गायक राना विवाह बन्धनमा बाँधिए

 ‘सुन साइँली’ का गायक राना विवाह बन्धनमा बाँधिए

काठमाडौं | केहि वर्ष अगाडि संगीतकार तथा गायक कालीप्रसाद बास्कोटाको संगीतमा निकै चर्चित ‘सुन साइँली’ बोलको गीतमा आफ्नो सुरिलो स्वर दिएका निकै चर्चित गायक हेमन्त राना विवाह बन्धनमा बाँधिएका छन् ।

क्रिश्चियन परम्परा अनुसार गायक रानाले प्रेमिका माया अधिकारीसँग अमेरिकामा विवाह गरेका हुन् । उनीहरु साढे २ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए ।

गायक राना र मायाको विवाहमा उनका आफन्त, परिवार र साथीहरुको उपस्थिती रहेको थियो । गायक राना अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका छन् ।

गायक रानाका ‘सुन साइँली’ ‘दुबो फुल्यो’, ‘लैजा रे’, ‘तिमी छौं र पो’ लगायतका थुप्रै गीतहरु निकै चर्चित छन् । उनको गीत र उनलाई चाहने दर्शक श्रोताहरु नयाँ गीतको पर्खाइमा छन् । विवाह बन्धनमा बाँधिएका गायक हेमन्त राना र माया अधिकारीलाई वैवाहिक जीवनको शुभकामना ।

सम्बन्धित खबर