फेरि चम्किए आयुश्मान : बालाले गर्‍यो शानदार कमाई ।

 फेरि चम्किए आयुश्मान : बालाले गर्‍यो शानदार कमाई ।

सिने संचार | एक पछि अर्को हिट फिल्म दिदै आइरहेका बहु प्रतिभाशाली अभिनेता हुन् आयुश्मान खुराना । उनले पछिल्लो पटक कमेडी जर्नमा अभिनय गरेको फिल्म ” ड्रीम गर्ल ” लाई दर्शकहरूले अत्यधिक मन पराए । उनको फिल्म ” ड्रीम गर्ल ” ले डोमेस्टिक बक्स अफिस कलेक्सनमा १०० करोडको आकडा पार गरेको थियो । उनको प्रदर्शन भइरहेको फिल्म ” बाला ” लाई पनि दर्शकहरूले अत्यधिक मात्रामा मन पराइरहेका छ्न ।

एलोपेसिया नामक रोगको कारण युवा अवस्था मै कपाल झरेर अर्धमुन्डन भएको समस्यालाई समाधान गर्नको निम्ति विभिन्न तरिका अपनाउने विषय वस्तुलाई समेटेर कमेडी जर्नमा बनाएको फिल्म बाला अहिले प्रदर्शन भइरहेको छ । २५ करोड लगानीमा बनेको फिल्मले एक साताभित्र १०० करोडको डोमेस्टिक बक्स अफिस कलेक्सन गर्न सफल भएको छ ।

फिल्ममा आयुश्मान खुराना , भुमि पेड्नेकर , यमी गौतम , जाबेद जाफ्री , सौरभ सुक्ला लगायत अन्य कलाकारहरुको मुख्य भुमिका रहेको छ । अमर कौशिकद्वारा निर्देशित यस फिल्मलाई दिनेश भिजनले निर्माण गरेका हुन् भने सङ्गीत सचिन जिगरले दिएका छन् । १ घन्टा ३३ मिनेटको यस फिल्मको कहानी निरेन भाट र पावेल भट्टचार्जीले लेखेका हुन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *