कुन निर्देशकसङ्ग काम गर्दै छ्न त शाहरुख ?

 कुन निर्देशकसङ्ग काम गर्दै छ्न त शाहरुख ?

मङ्सिर ७, २०७६ || शाह रुख खानको पछिल्लो समयमा प्रदर्शन भएको इम्तियाज अलि निर्देशित फिल्म “जब ह्यारी मेट सेजल ” ले दर्शकहरुको मन जित्न सफल भएन त्यस्तै ” तनु वेड्स मनु , तनु वेड्स मनु रिटर्न , राणझना ,जस्ता हिट फिल्म दिएका निर्देशक आनन्द एल राई निर्देशित फिल्म ” जिरो ” पनि दर्शकहरूको सामु फिक्का हुन पुग्यो । दुई सय करोडको लगानीमा बनेको फिल्म ” जिरो ” ले ग्रस बक्स अफिसमा सय करोडको आकडा पनि छुन सकेन । जिरोको लज्जास्पद कलेक्सन र समिक्षापछि शाह रुख खानले कुनै फिल्म साइन गरेका थिएनन् ।

यो एक वर्षको अन्तरालपछि शाह रुखले दुईवटा फिल्म साइन गरेको खबर भारतिय फिल्मी मिडियाले बाहिर ल्याएको छ । आफुले निर्देशन गरेको पाँच फिल्म हिट दिएर आफ्नो छुट्टै छवि बनाएका निर्देशक राजकुमार हिरानी र शाह रुख खानले आफ्नो आगामी फिल्मको सहकार्य गरेका छन् । भारतीय फिल्मी मिडियाको अनुसार फिल्म एक्सन जर्नमा निर्माण हुने कुरा बताइएको छ तर फिल्मको नाम भने बाहिरिएको छैन । त्यस्तै साउथ इन्डियन ब्लकबस्टर फिल्म ” बिगिल ” निर्देशन गरेका निर्देशक एट्लिले पनि शाह रुखसङ्ग आफ्नो नया फिल्म निर्देशन गर्नको लागि सहकार्य गरेको कुरा बाहिरिएको छ ।

उनले निर्देशन गरेको फिल्म ” बिगिल “ले तीन सय करोडको बक्स अफिस कलेक्सन गर्न सफल भएको छ । निर्देशक एट्लिले निर्देशन गर्न लागेको फिल्मको नाम आधिकारिक रुपले घोषणा गरिएको छैन तर भारतीय फिल्मी खबरको मुताबिक शाह रुख खानले पहिला राजकुमार हिरानीसङ्ग काम गर्ने छन र त्यसपछि एट्लिसङ्ग काम गर्ने छन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *