Cine Sanchar

Nepali Filmy Khabar

नायक दिलिप रायमाझी र रमित ढुंगानाको नेतृत्वमा भुटानी शरणार्थीलाई राहत वितरण

काठमाडौं | तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसको कारण सम्पूर्ण मानिसको जनजीवनमा प्रत्यक्ष असर परिरहेको समयमा नेपाली कलाकारहरुले पनि समस्या परिरहेको मानिसहरुलाई आफूले सक्दो सहयोग गरिरहेका छन् ।

थुप्रै कलाकारहरुले अक्सिजन, खाद्यान्न लगायतका धेरै चीजहरुको व्यवस्था गरिरहेका छन् । यसैबीच नेपाली चलचित्र जगतका निकै चर्चित अभिनेताद्वय दिलिप रायमाझी र रमित ढुंगाना पनि राहत वितरण काममा जुटेका छन् ।

नायकद्धय दिलिप रायमाझी र रमित ढुंगानाको नेतृत्वमा मोरङ जिल्लाको पथ्री–शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरमा खाद्यान्न, मास्क, स्यानिटाइजर लगायतका चीजहरु राहत वितरण गरिएको छ ।

‘इन्ट्रा–नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका’को सहकार्यमा शरणार्थी शिविरमा राहत वितरण गरिएको हो । फाउन्डेशनका गुडविल एम्वासेडर नायक रमित ढुंगाना, दिलिप रायमाझी, रुद्र बाँनिया लगायतको टिमले १७०० घर धुरीलाई खाद्यान्न वितरण गरेको हो ।

योसँगै उक्त फाउन्डेशनले शिविरमा रहेका ८० वर्ष कटेका वृद्धवृद्धालाई वृद्धभत्ता र शारीरिक रुपमा अशक्त रहेका व्यक्तिहरुलाई मासिक भत्ता प्रदान गर्नुका साथै शरणार्थीहरु नेपाली नै भएको र उनीहरुलाई नेपाली नागरिकता प्रदान गर्न पहल गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस