Cine Sanchar

Nepali Filmy Khabar

नि: शुल्क अक्सिजन र खाना वितरणमा स्वेता – बिजयन्द्रको सहयोग

काठमाडौं | तीब्र रुपले फैलिरहेको कोरोना भाइरसको कारण अस्पतालहरुमा अक्सिजन र बेडको अभाव भैरहेको बेला नेपाली कलाकारहरुले यो दुखको समयमा आफूले सक्दो सहयोग गरिरहेका छन् ।

अभिनेता निखिल उप्रेतीको समूहले अक्सिजन सहितको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । त्यसैगरी अभिनेता पल शाहले पनि अक्सिजनका सिलिन्डर संकलन गरेर विभिन्न सरकारी अस्पताललाई निःशुल्क हस्तान्तरण गर्दै आएका छन् ।

उनले अक्सिजन खरिदका लागि ‘हाम्रो टिम नेपाल’ लाई २ लाख सहयोग पनि गरेका छन् । यसैबीच, अभिनेत्री श्वेता खड्का र उनका श्रीमान विजयन्द्र सिंह रावतले ‘हाम्रो टिम नेपाल’ लाई आर्थिक सहयोग गरेका छन् ।

निःशुल्क खाना वितरण र कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन जुटाउन यो जोडीले ५० हजार सहयोग गरेको हो ।

मानवीय सहयोगको अभियानमा जोडिन पाएकोमा खुसी व्यक्त गर्दै उनले सामाजिक सञ्जालमा लेखेकी छिन् “हाम्रो टिम नेपालले संचालन गरिरहेको नि:शुल्क खाना वितरण तथा कोभिड संक्रमितहरुको लागि अक्सिजन ब्यवस्थापन अभियानमा हात्तेमालो गर्न पाउँदा खुशीको अनुभुती मिलिरहेकोछ ।

कोरोना भाइरसका कारण सृजित लकडाउनको अवधीमा ‘कसैले पनि भोकै बस्न नपरोस् र अक्सिजनको कमीका कारण कसैले मृत्यु वरण गर्न नपरोस्’ भन्ने मानविय सोचका साथ संचालित यो अभियानमा जोडिन मौका दिने आदरणीय समाजसेवी ईशा गुरुङ दिज्यु र हाम्रो टिम नेपाल ( Hamro Team Nepak) प्रती हार्दिक आभार ब्यक्त गर्दछु ।

“भौतिक दुरी कायम गर्दै आत्मिय दुरीलाई मजबुद बनाऔ , मानविय सहयोगको यो अभियानमा आफ्नो सहभागिता जनाऔ ।” Shweta Khadka Bijayendra Singh Rawat

प्रतिक्रिया दिनुहोस