Cine Sanchar

Nepali Filmy Khabar

चलचित्र ‘विवेक’ मा बिपिन र स्वस्तिमा

काठमाडौं | हरेक चलचित्रमा आफ्नो भूमिकालाई पूर्ण रुपमा न्याय दिएर दर्शकहरुलाई मनोरञ्जन दिदै आएका बहुप्रतिभाशाली अभिनेता बिपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का अब एकसाथ चलचित्रमा देखिने भएका छन् ।

‘लुट’, ‘लुट २’ जस्ता सुपर हिट चलचित्र निर्माण गरेका निर्माता माधव वाग्लेको निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘विवेक’ मा उनले बिपिन र स्वस्तिमालाई मुख्य भूमिकामा राखेका हुन् ।

यो चलचित्रका लागि माधवले अन्य केही कलाकार अडिसनबाट छनोट गर्ने बताएका छन् । मधेसी चरित्रका लागि चैत्र २८ गते प्रदेश नम्बर २ मा अडिसन गर्ने तयारी रहेको छ ।

चलचित्रको कथा लोकनाथ कोइरालाले लेखेका हुन् । तराई क्षेत्रको कथा भएकाले पनि कलाकार पनि २ नम्बर प्रदेशबाट नै खोज्न लागेको माधवले बताए ।

उनले यो भन्दा अगाडि ‘पारस’ र ‘हिमानी’ गरि दुई चलचित्र निर्माण गर्ने घोषणा गरेका थिए । तर, ‘पारस’ को अधिकार भुवन केसीलाई दिएर आफू ‘हिमानी’ को काममा लागे ।

‘हिमानी’ को स्क्रिप्टमा काम भइरहँदा ‘विवेक’ को कथा फुरेको उनले बताए । जेठबाट तराईको विभिन्न भागमा छायांकन हुने यो चलचित्र नेपाली, मैथिली र भोजपुरी भाषामा निर्माण हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस