Cine Sanchar

Nepali Filmy Khabar

‘स्पाइनी बेबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना हुँदै

काठमाडौं | स्पाइनी बेबलर मूभिज प्रा.लि. ले आयोजना गर्न लागेको ‘स्पाइनी बेबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ ( SBIFF ) को पहिलो संस्करण आउँदो मे १ ( वैशाख १८ गते ) काठमाडौंमा आयोजना हुने भएको छ ।

यो चलचित्र महोत्सवमा सहभागी जनाउने इक्छुकहरुले आफ्ना चलचित्र प्रवेश गराउनको लागि फेब्रुअरी २० देखि अप्रिल २० ( फागुन ८ गते देखि वैशाख ७ गते ) सम्म प्रवेश गराउन सक्ने छन् ।

महोत्सवमा १ जनवरी २०१९ पछि निर्माण भएका चलचित्रहरूलाई www.spinybabbler.info मार्फत नि: शूल्क प्रवेश गराउन सक्ने छन् । प्रवेश गराइएका चलचित्रका मनोनयनहरु ( नोमिनेशन ) अप्रिल २४ ( वैशाख ११ ) मा सार्वजनिक गरिने छ ।

कुनै पनि विधा र विषयवस्तुमा निर्माण भएका शर्ट फिल्महरु डकुमेन्ट्री, एथनोग्राफी, साहसिक , अन्वेषण रिपोर्ट, अमूर्त, वा व्यक्तिगत कथा, मोबाइल HD भिडियो पनि यो चलचित्र महोत्सवमा भाग लिन सक्ने छन् ।

चलचित्र क्षेत्रको विकास, चलचित्रकर्मीलाई प्रोत्साहनका साथै विश्वमा नेपाली चलचित्रबाट सर्वश्रेष्ठ चलचित्र प्रस्ताव गर्न यो चलचित्र महोत्सव आयोजना गर्न लागेको ‘स्पाइनी बेबलर मूभिज प्रा. लि.’ का प्रमुख डा. हुस्नेद आजादले बताए ।

नेपाल पर्यटन विकास बोर्डको भवनमा आयोजना हुने ‘स्पाइनी बेबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा अवार्ड सहित अन्य पुरस्कार सम्मानित निर्णायक सदस्यहरूद्वारा छनौट गरेका विजेताहरूलाई वितरण गरिने छ विजेताका विधाहरु यस प्रकार छन् :

International Competition Section :
1) Best Short Fiction Film (up to 45 minutes)
2) Best Animation Film
3) Best Documentary Film
4) Best Feature Film
5) Best Mobile Film

National Competition (from Nepal):
1) Best Short Fiction Film (up to 45 minutes)
2) Best Animation Film
3) Best Documentary Film
4) Best Feature Film
5) Best Mobile Film
6) Best film/documentary based on Promoting Nepali Tourism
7) Special Jury Award for Director

प्रतिक्रिया दिनुहोस