Cine Sanchar

Nepali Filmy Khabar

मैथिली चलचित्रमा अभिनय गर्ने राजेश हमालको इच्छा

काठमाडौं | अभिनेता राजेश हमालले मैथिली चलचित्रमा अभिनय गर्ने इच्छा व्यक्त गरेका छन् । शनिबार ‘जनकपुर साहित्य महोत्सव’ को ‘सिनेमाको रङ्ग’ सत्रमा उनले मैथिली चलचित्रमा अभिनय गर्न मन भएको बताएका हुन् ।

महोत्सवमा हमालले भने ‘म मैथिली चलचित्रमा अभिनय गर्न इच्छुक छु । मैथिली चलचित्रमा अभिनय गर्ने सौख छ । राम्रो स्क्रिप्टबाट प्रस्ताव आए मैथिली चलचित्र गर्छु ।’

साथै, आफूले देशको सम्पूर्ण भागका समूदायको प्रतिनिधित्व हुने गरी चलचित्रमा अभिनय गरेको पनि उनले बताएका छन् । अभिनयमा शिक्षाको खाँचो हुने बताउँदै उनले आफूले भने शिक्षा हासिल गर्न नपाएको समेत बताए ।

हमाल आफूसँग अभिनयको अनुभव मात्र रहेको बताउँछन् । चलचित्र क्रिएटिभ पेशा भएकाले अनुभवसँगै शिक्षा पनि चाहिने उनको तर्क छ । लामो समयदेखि ठूलो पर्दामा नदेखिएका हमाल अब छिट्टै नयाँ चलचित्र ‘सत्यम’ लिएर दर्शकमाझ आउँदै छन् ।

प्रतिक्रिया दिनुहोस