Cine Sanchar

Nepali Filmy Khabar

दुई चलचित्रको लागि कपालको झमेलामा परेका अनमोलले भने ‘मेरो अनाडी कपाल’

काठमाडौं | नायक अनमोल केसी एउटा चलचित्रको छायांकन पूरा नभएसम्म अर्को चलचित्रको छायांकन गर्दैनन् । तर, यतिबेला उनि दुई चलचित्रको छायांकनका लागि दोधारमा परेका छन् ।

चलचित्र ‘ए मेरो हजुर ४’ को एक गीत र अनमोल गम्भीर बिरामी भइ कपाल छोटो बनाएको दृश्य खिच्नु पर्ने छ भने उनको अर्को चलचित्र ‘पारस’ मा कपाल लामो बनाउनु पर्ने छ ।

उनको कपालका कारण हालै यि दुई चलचित्रको टिमबीच विवाद भएको थियो । अनमोलले कपाल काट्ने या नकाट्ने भन्ने विषयमा विवाद भएको हो ।

अनमोलले कपाल नछोट्याए चलचित्रको छायांकन नै नगर्ने ‘ए मेरो हजुर ४’ टिमको अडानमा छ भने अनमोललाई कपाल काट्न नदिने ‘पारस’ टिमको अडान छ । यस विषयमा दुई टिमबीच ठूलै चर्काचर्की भएको बताइन्छ । 

आफ्नो कपालका लागि दुई टिम भिडेको देख्दा अनमोलले इन्स्टाग्राममा लामो कपाल भएको एक तस्विर शेयर गर्दै लेखेका छन्,‘ओह मेरो अनाडी कपाल ।’ दुई चलचित्रको टिमबीच भएको वहसपछि उनले आफ्नो कपाललाई ‘अनाडी’ भनेको हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस