‘टिकटक स्टार’ को विश्व प्रभावशाली सूचीमा परे नेपाली विजय बानियाँ

 ‘टिकटक स्टार’ को विश्व प्रभावशाली सूचीमा परे नेपाली विजय बानियाँ

काठमाडौं | पछिल्लो केहि समयदेखि टिकटक , फेसबुक, इन्स्टाग्राम र भिडियोका लागि युट्युब लोकप्रियता मापन गर्ने सूचक बन्न थालेका छन् । जहाँ विभिन्न देशका प्रभावशाली व्यक्तित्वहरुको नाम एकदेखि सय नम्बर सूचीमा राखिदै आएको छ ।

यसैबीच अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने नेपाली विजय बानियाँ (बिज्जु) प्रभावशाली सूचीमा पर्न सफल भएका छन् ।

चर्चित अष्ट्रेलियाली पत्रिका डेली टेलिग्राफले विजयलाई प्रभावशाली सय व्यक्तित्वको सूचिमा समावेश गरेको छ । उक्त सूचीमा उनी ५४ औं स्थानमा छन् । विजयलाई टीकटकमा ९६ लाखले फलो गरेका छन् ।

त्यस्तै, विजयसँगै अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसन र हलिउडका चर्चित अभिनेताहरु क्रिस हेम्सवर्थ र ह्युग ज्याकम्यान समेत यस सूचीमा परेका छन् ।

सम्बन्धित खबर