१० वर्षदेखि ढाड दुख्ने समस्याबाट पीडित मधु पौडेललाई अभिनेता सोनु सुदले उपचार गरिदिने

 १० वर्षदेखि ढाड दुख्ने समस्याबाट पीडित मधु पौडेललाई अभिनेता सोनु सुदले उपचार गरिदिने

एजेन्सी | चलचित्रको मात्र हिरो नभएर वास्तविक जीवनमा पनि गरिब दुखीहरुको हिरो बनेका बलिउडका चर्चित अभिनेता सोनु सुदले नेपाली युवक मधु पौडेललाई उपचार सहयोग गरिदिने भएका छन् ।

फ्रेवुअरी १३ तारिखमा मधुले लठ्ठी टेकेर हिडिरहेको भिडियो पोष्ट गर्दै सोनुसँग सहयोग मागेका थिए । ट्विटरमार्फत मधुले आफू १० वर्षदेखि ढाड दुख्ने समस्याबाट पीडित भएको र उपचारका लागि पैसा नभएको भन्दै सोनुसँग आर्थिक सहयोगको लागि आग्रह गरेका थिए ।

मंगलबार सामाजिक सञ्जाल ट्विटर मार्फत मधुलाई जवाफ फर्काउँदै सोनुले लेखेका छन् ‘अतिथी देवो भवः । भारतबाट नेपाल विना लठ्ठी पुग्नेछौ ।’ सोनुले मधुको उपचारमा पूर्ण रुपमा सहयोग गर्ने वाचा गरेका छन् ।

सोनुले लकडाउनको समयमा थुप्रै प्रवासी मजदुरलाई उनीहरुको घरसम्म पुर्याउनका लागि काम गरेका थिए । आर्थिक अभावका कारण उपचार गर्न नसकेका, घर बनाउन नसकेका, अध्ययन गर्न नसकेका मानिसहरुलाई सहयोग गरिरहेका छन् भने अझै पनि उनको सामाजिक कार्य निरन्तर चलिरहेको छ ।

सम्बन्धित खबर