चर्चामा ‘पम जोडी’

 चर्चामा ‘पम जोडी’

काठमाडौं | एकसाथ म्युजिक भिडियोमा आफ्नो गज्जबको अभिनय प्रस्तुत गर्दै आइरहेका चर्चित अभिनेता पल शाह र अभिनेत्री मलिका महतको यतिबेला चौतर्फी चर्चा भैरहेको छ ।

अहिले हरेक सामाजिक सञ्जालमा नाम सुनिन्छ या देखिन्छ त केवल पल शाह र मलिका महतको । फिमेल भर्सनमा रहेको ‘फुलबुट्टे सारी’ र ‘टाढा भएपनि’ भिडियोमा अभिनय गरेपछि दर्शकहरुले यो जोडीलाई यति रुचाए कि कुरै छाडौं ।

पल र मलिकाको केमिस्ट्री मन पराएको कारणले पनि दर्शकहरुले यो जोडीको नाम ‘पम जोडी’ राखिदिएका छन् । साथै, वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले समेत ‘पिएम जोडी’ नाम राखिदिएका छन् ।

उसो त यो जोडीलाई केहि दर्शकहरुले ‘फुलबुट्टे सारी’ बाट नै ‘पम जोडी’ नभनेका होइनन् तर, जब ‘टाढा भएपनि’ म्युजिक भिडियोमा यो जोडी पुनः दोहोरियो त्यसपछि सम्पूर्ण दर्शकहरुले नै ‘पम जोडी’ को नामले पुकार्न थाले ।

पल त म्युजिक भिडियोका राजा नै हुन् । उनले यस क्षेत्रमा आफ्नो मजबुत स्थान कायम गरिसकेका छन् । अहिलेको समयमा उनको स्थानमा पुग्न अन्य कलाकारलाई असम्भव नै छ ।

पलले जति पनि अभिनेत्रीसँग काम गरे ति सबै अभिनेत्री लगभग हिट नै छन् र चर्चामा पनि आउने गरेका छन् तर, अहिलेको समयमा मलिका जति हिट र चर्चामा सायद अन्य अभिनेत्री आएनन् होलान् । जति पलसँग मलिकाको आएको छ ।

आउने पनि भयो फेरि । किन नआओस् पल त आफैंमा राम्रो, ह्याण्डम मान्छे झन् त्यसमाथि मलिकाको सुन्दरताले झन् दर्शकहरुलाई लोभाइरहेको छ । अझ मलिकाको क्युटनेसले झन् फिदा बनाएको छ भनेर भनौं।

कतिपयले त जोडी मिलेकोले पल र मलिकालाई वास्तविक जोडी बनेको हेर्ने इच्छा समेत रहेको बताएका छन् । जोडी हिट भएपछि प्रेमको चर्चा हुनु स्वभाविक नै हो । तर, यो जोडीले आफूहरु त्यस्तो प्रेम सम्बन्धमा नभइ आफूले गरेको कामले दर्शकले केमिस्ट्री मन पराएको बताउँछन् ।

दर्शकहरुले पुनः यो जोडीलाई पुनः एकसाथ हेर्ने चाहना राखेका छन् । दर्शकको यो चाहना छिट्टै पूरा हुने देखिन्छ । किनकि यो जोडीलाई लिएर म्युजिक भिडियो बनाउन निर्माण टिमहरु ओइरिएका छन् । जोडी हिट भएपछि पल र मलिकालाई धेरै प्लस पोइन्टहरु पक्कै पनि भएकै छ । आगामी दिनका लागि अल दि बेस्ट ‘पम जोडी’ ।

सम्बन्धित खबर