Cine Sanchar

Nepali Filmy Khabar

घर बनाएपछि विवाह गर्ने योजनामा पल शाह

काठमाडौं | चर्चित अभिनेता पल शाहले केहि समय अगाडि घर किन्न लागेको खबर बाहिरिएको थियो । स्वयम् उनि आफैंले पनि घर किन्न लागेको जानकारी गराएका थिए । जसको लागि उनले घरधनीसँग बैना मार्ने कुरा समेत गरिसकेका थिए ।

तर, अहिले पल घर किन्ने नभएर आफैं घर बनाउने तयारीमा जुटेका छन् । काठमाडौंको बुढानिलकण्ठमा ५ आना जग्गा किनेर घर बनाउने तयारी गरेको उनले बताएका छन् ।

घर बनाउने बारेमा अब आफैं घर बनाउने तयारीमा रहेको र इन्जिनियरहरुसँग बसेर घरको डिजाइन निकालेपछि काम सुरु गर्ने पलको भनाइ छ । पलले घर बनाइसकेपछि मात्र विवाह गर्ने बताए ।

पलले भने ‘फ्यानहरुले बिहे कहिले गर्ने भनेर सोधिरहनु भएको छ । पहिला सबै बन्दोबस्त मिलाउनुपर्छ । घर बनाइसकेपछि बिहे गर्ने योजना छ । यसका लागि केही वर्ष लाग्छ होला।’

पलको नाम म्यूजिक भिडियोमा काम गरिरहेका केही मोडलहरुसँग पनि जोडिने गरेको छ । तर,दुवैले राम्रो काम गरेपछि दर्शकले केमेष्ट्री मन पराउनु स्वभाविक नै रहेको पल बताउँछन् ।

सामाजिक सेवामा समेत सक्रिय रहेका पलले सोमबार आफ्नो ३१ औं जन्मदिन मनाए । उनले जन्मदिनको अवसरमा चितवनमा ‘सभ्यताको घर’को पनि उद्घाटन गरे । यो घरमा पलले २ वटा टहरा पनि निर्माण गरेका छन्।

प्रतिक्रिया दिनुहोस