Cine Sanchar

Nepali Filmy Khabar

अभिषेक श्रेष्ठको चलचित्र ‘चुरिफुरी’ को छायांकन सकियो

काठमाडौं | एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका अनमोल केसीको डुब्लिकेटको रुपमा चर्चामा रहेका अभिनेता अभिषेक श्रेष्ठको पहिलो चलचित्र ‘चुरिफुरी’ को छायांकन सकिएको छ ।

पुष महिनाको अन्तिमबाट छायांकन थालिएको चलचित्र ‘चुरिफुरी’ को करीब ४३ दिनमा सम्पूर्ण छायांकन सकिएको हो । यो चलचित्रमा अभिषेकको जोडीको रुपमा भने पूजा पन्त देखिँदै छिन् ।

चलचित्रमा रविन्द्र झा, राजिबजंग बस्नेत, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित,

ऋतु आचार्य, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, महेश्वर आचार्य, लक्ष्मी ढकाल (जोया), कमल सिंह, सरिस्मा मगर, अस्मिता बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ।

आरबी मुभीजको ब्यानरमा निर्माण भएको चलचित्रलाई ऋषिराज आचार्यले निर्माण र निर्देशन गरेका हुन् । यो चलचित्रलाई समसामयीक विषयमा आधारित भएर निर्माण गरिएको हो ।

यस चलचित्रको निर्मातामा रिना ढकाल छिन् । सह-निर्मातामा बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा छन् । चलचित्रलाई राहुल राईले खिचेका हुन् भने नवीन निरौलाले सम्पादन गर्दै छन् ।

दीपक शर्माको संगीत रहेको चलचित्रका गीतहरुमा समीर आचार्य, विश्व नेपाली र बेनिशा पौडेलले स्वर दिएका छन् भने भिमफेदी गाइज ग्रुपले कोरियोग्राफी गरेको छ ।

कथाको मागअनुसार नै चलचित्रमा नयाँ तथा हाँस्य व्यंग्य क्षेत्रका कलाकारको बाहुल्यता रहेको निर्देशक आचार्यले बताए । चलचित्रको प्रदर्शन मिति केही दिनमा घोषणा गर्ने निर्माण टिमको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस