Cine Sanchar

Nepali Filmy Khabar

पुष्प र वर्षाको चलचित्र ‘मनसँग मन’ को छायांकन सकियो

काठमाडौं | केहि समय अगाडि चलचित्र ‘कृष्ण लीला’ को छायांकन सकेका अभिनेता पुष्प खड्का र ‘परदेशी २’ सकेकी अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘मनसँग मन’ को छायांकन सकिएको छ ।

कालिञ्चोकका रमणिय स्थानमा ‘सही दिउँला तिम्रो लागि’ बोलको गीतको छायांकन गरेसँगै चलचित्रको सम्पूर्ण छायांकन सकिएको निर्माण टिमले जानकारी गराएको छ ।

कालिञ्चोकमा छायांकन गरिएको गीतमा पुष्प र वर्षा रोमान्टिक बनेका छन् । गीतमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मुकेश उदासको शब्द, रोहन हिङ्गमाङ्ग र अस्मिता अधिकारीको स्वर रहेको छ ।

चलचित्रमा बुद्धि तामाङ, रविन्द्र झा, चाँदनी प्रधान, महेन्द्र बागदास, शन्ते दा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई अरुण तामाङले निर्माण गरेका छन् भने कैलाश राईले निर्देशन गरेका हुन्।

यो चलचित्र नयाँ वर्षको अवसर पारेर चैत २७ गतेबाट देशभर प्रदर्शन हुने भएको छ । चैत २७ मै पुष्पको अर्को चलचित्र ‘कृष्ण लीला’ र ‘लप्पन छप्पन २’ पनिसँगै प्रदर्शन हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस