Cine Sanchar

Nepali Filmy Khabar

विवाह गर्ने तयारीमा नायक आकाश श्रेष्ठ

काठमाडौं | नेपाली फिल्मी क्षेत्रका एकदमै चर्चित नायक आकाश श्रेष्ठ विवाह गर्ने तयारीमा देखिएका छन् । चलचित्र र म्युजिक भिडियोमा नायिका पूजा शर्मासँग सहकार्य भैरहने हुँदा आकाश पूजासँग प्रेममा छन् भन्ने चर्चा पनि चलेको थियो ।

तर, दुवैले यो कुरालाई आफूहरु मिल्ने साथी भएको बताउदै आइरहेका छन् । दर्शकहरुले पनि यो जोडीलाई विवाह बन्धनमा बाँधिएको हेर्ने इच्छा व्यक्त गरिरहेका छन् । आकाश श्रेष्ठ भने यसै वर्ष विवाह गर्ने तयारीमा देखिएका छन् ।

हालै एक टेलिभिजन अन्तर्वार्तामा उनले विवाहका लागि आफ्नो उमेर भएको र परिवारबाट पनि दबाब आइरहेका कारण दर्शकहरुले चाँडै खुशीको खबर सुन्न पाउने बताएका छन् । 

उनले भनेका छन्, ‘म विवाहको प्लानिङ गरिरहेको छु । यसै वर्ष हुन्छ वा अर्को वर्ष, सायद चाँडै नै हजुरहरुमाझ एउटा न्यूज पुग्छ होला । सम्भवतः यसै वर्ष विवाह हुनसक्छ ।’

तर, उनले आफ्नो हुनेवाला श्रीमतीको बारेमा अहिलेसम्म टुंगो नलागेको बताएका छन् । तर, पनि आफ्नो ‘इन्टरकास्ट म्यारिज’ हुनसक्ने उनको भनाई छ । उनले चलचित्र क्षेत्रमा आफूले सबैभन्दा बढी विश्वास गर्ने पूजा रहेको बताएका छन् ।

पूजा र आफ्नो सम्बन्धको विषयमा उनले भने ‘हामी एउटै फिल्डमा छौं, मैले नजानेको कुरा उहाँले सिकाउनुहुन्छ । व्यक्तिहरुसँग संगत गर्ने कुरामा पनि उहाँले भन्नुहुन्छ ।

म आज जुन स्थानमा छु त्यसमा उहाँको पनि हात छ । हामीबीच जुन सम्बन्ध छ, त्यो कहिल्यै नबिग्रियोस् भन्ने चाहन्छु । बिहेको कुरामा चाहिँ अहिले नै भन्न सक्दिनँ ।’

पूजासँग आकाशको ‘सम्झना बिर्सना’, ‘मन परेसी पर्‍यो’, ‘सम्हालिन्छ कहिले मन’ र ‘पर्खी बसे २’ लगायतका चलचित्रहरु एकपछि अर्को गर्दै आउँने क्रममा रहेका छन्।

प्रतिक्रिया दिनुहोस