Cine Sanchar

Nepali Filmy Khabar

दुई म्युजिक भिडियोले मलिकालाई दिलाएको सफलता

काठमाडौं | चलचित्र ‘यात्रा’ बाट नेपाली रजतपटमा कदम राखेकी अभिनेत्री हुन् मलिका महत । पहिलो चलचित्र मै चर्चित अभिनेता सलिनमान बानियाँसँग अभिनय गर्न पाएकी मलिकाको अभिनयको खुबै तारिफ भयो तर, चलचित्रले राम्रो ब्यापार गर्न भने सकेन ।

‘यात्रा’ पछि अभिनेता खगेन्द्र लामिछानेसँग दोस्रो चलचित्र ‘पानीफोटो’ मा काम गरिन् । यो चलचित्र प्रदर्शनको पर्खाइमा छ । त्यसपछि मलिकाले केहि म्युजिक भिडियोमा अभिनय गरिन् तर, तिमध्ये खासै म्युजिक भिडियो चर्चामा आएका थिएनन् ।

जब गायिका मिलन नेवारको स्वरमा ‘फुलबुट्टे सारी’ मा लोकप्रियता अभिनेता पल शाहसँग अभिनय गरिन् त्यसपछि मलिका ह्वात्तै चर्चामा आइन् । दर्शकहरुले पल र मलिकाको जोडीलाई एकदमै मन पराए ।

‘फुलबुट्टे सारी’ ले नै मलिकाको लोकप्रियतालाई बढाइदियो । चलचित्रबाट पाउन नसकेको यति धेरै माया उनले एउटै म्युजिकबाट प्राप्त गर्न सफल भइन् । देशविदेशका दर्शकहरुले उनलाई बल्ल राम्ररी चिन्न थाले।

उनको अभिनय र सुन्दरताले दर्शकहरु झन् उनितिर लोभिदै गरेका छन् । युट्युबमा यो गीतलाई दर्शकहरुले अहिलेसम्म ३ करोडभन्दा बढी पटक हेरेका छन् । यो गीत निकै हिट भएपछि चाइल्ड भर्सनमा र लेजेण्डरी भर्सन समेत सार्वजनिक भैसकेको छ ।

उनले दोस्रो भिडियो ‘टाढा भएपनि’ मा पनि पल शाहसँग नै अभिनय गरेकी छिन् । फिमेल भर्सनमा अस्मिता अधिकारीको स्वरमा रहेको यो म्युजिक भिडियोले झन् पल र मलिकाको अहिले सम्मकै सुपर हिट जोडीको रुपमा गनिन थालिएको छ ।

‘टाढा भएपनि’ मा पल र मलिकालाई निकै रोमान्टिक अवतारमा प्रस्तुत गराइएको छ । जसले गर्दा उनिहरुले यो म्युजिक भिडियोलाई न्याय गरेका छन् । गीत आफैमा राम्रो छ झन् त्यसमाथि ‘फुलबुट्टे सारी’ को रोमान्टिक जोडीले पहिले नै परिचित हुँदा यो गीतलाई दर्शकहरुले झन् धेरै माया दिए ।

यो म्युजिक भिडियोले सबैभन्दा छिटो १० लाख पटक हेरिएको भिडियोको नयाँ रेकर्ड राखेको छ । एक हप्तामै यो भिडियोलाई ५५ लाख भन्दा बढी पटक हेरिसकेका छन् । ‘फुलबुट्टे सारी’ झै यो गीत पनि टिकटकमा निकै भाइरल भैरहेको छ ।

यि दुई म्युजिक भिडियो मार्फत दर्शकहरुले दिएको यति धेरै माया र साथले गर्दा पल र मलिकालाई व्यावसायिक पाटोमा पनि निकै सहयोग पुगिरहेको छ ।

पल र मलिकालाई लिएर म्युजिक भिडियोमा अभिनय गराउनको लागि निर्माण टिमहरु ओइरिएका छन् । भिडियोको लागि अफरहरु आइरहदा फेरि छिट्टै यो जोडीलाई नयाँ भिडियोमा हेर्न पाइने सम्भावना धेरै छ । दर्शकहरुले पनि फेरि यो जोडीलाई एकसाथ अभिनय गरेको हेर्न पाउने चाहना राखेका छन् ।

प्रतिक्रिया दिनुहोस