Cine Sanchar

Nepali Filmy Khabar

नेफ्टा अवार्डको सर्वोत्कृष्ट नव-नायिकामा सुहाना थापा मनोनीत

काठमाडौं | नेपाली चलचित्र क्षेत्रमा पाइला चाल्दै गरेकी चर्चित नायिका सुहाना थापा सर्वोत्कृष्ट नव- नायिकामा मनोनीत भएकी छिन् ।

फागुन २९ गते काठमाडौंमा आयोजना हुन गइरहेको ( NEFTA – नेपाल चलचित्र प्राविधिक संघ ) अवार्डमा उनि चलचित्र ‘ए मेरो हजुर ३’ बाट सर्वोत्कृष्ट नव- नायिकामा मनोनीत भएकी हुन् ।

चलचित्र ‘ए मेरो हजुर ३’ मा उनले चर्चित नायक अनमोल केसीसँग अभिनय गरेकी छिन् । यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् भने नायिका तथा निर्देशक झरना थापाले निर्देशन गरेकी हुन् ।

चलचित्रमा अनमोल र सुहानाको केमिस्ट्रीलाई दर्शकहरुले निकै रुचाए । साङ्गेतिक प्रेम कथामा निर्माण भएको यो चलचित्रले १२ करोड भन्दा बढीको ब्यापार गरेको थियो ।

ड्रीम हाई नेपाल र एल आइ सी नेपालको संयुक्त रुपमा आयोजना हुने नेफ्टा अवार्डको ५ सर्वोत्कृष्ट नव – नायिकामा सुहानासँगै नायिका उपासना सिंह ठकुरी, मलिका महत, पूजा कर्ण, कामना भुजेल मनोनीत भएका छन् ।

सुहाना केहि समय अगाडि पोखरामा आयोजना भएको ‘नेपाल नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड’ मा पनि चलचित्र ‘ए मेरो हजुर ३’ बाटै सर्वोत्कृष्ट नव- नायिकामा मनोनीत भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस