Cine Sanchar

Nepali Filmy Khabar

सर्वोत्कृष्ट नव- नायिकामा उपासना मनोनीत

काठमाडौं | पहिलो चलचित्रबाट नै लोकप्रियताको सफलता हासिल गर्न सफल नेपाली चलचित्र जगतमा उदाउँदै गरेकी नायिका उपासना सिंह ठकुरी सर्वोत्कृष्ट नव- नायिकामा मनोनीत भएकी छिन् ।

ड्रीम हाई नेपाल र एल आइ सी नेपालको आयोजनामा फागुन २९ गते राजधानीमा हुन गइरहेको ( NEFTA – नेपाल चलचित्र प्राविधिक संघ ) अवार्डमा उनि चलचित्र ‘क्याप्टेन’ बाट सर्वोत्कृष्ट नव- नायिकामा मनोनीत भएकी हुन् ।

यो चलचित्रमा उपासनाले लोकप्रिय नायक अनमोल केसीसँग अभिनय गरेकी छिन् । फुटबल खेलको विषयमा निर्माण भएको चलचित्रलाई नायक तथा निर्माता भुवन केसीले निर्माण गरेका हुन् भने दिवाकर भट्टराईले निर्देशन गरेका थिए ।

चलचित्रमा प्राविधिक सम्बन्धि केहि कमी कमजोरी देखिएता पनि अनमोल र उपासनाको जोडीलाई दर्शकहरुले माया र साथ दिए जसको कारण चलचित्रले ५ करोड भन्दा बढीको ब्यापार गर्न सफल भएको थियो ।

उपासना केहि समय अगाडि पोखरामा आयोजना भएको ‘नेपाल नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड’ मा पनि चलचित्र ‘क्याप्टेन’ बाटै सर्वोत्कृष्ट नव- नायिकामा मनोनीत भएकी थिइन् ।

१० औं नेफ्टा अवार्डको ५ सर्वोत्कृष्ट नव – नायिकामा उपासनासँगै मलिका महत, सुहाना थापा,पूजा कर्ण, कामना भुजेल मनोनीत भएका छन् ।

प्रतिक्रिया दिनुहोस