Cine Sanchar

Nepali Filmy Khabar

साउथ इन्डियन चलचित्रमा अभिनय गर्नेप्रति स्वस्तिमाले गरिन् यस्तो खुलासा

काठमाडौं | हालै मात्र नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री स्वस्तिमा खड्काले साउथ इन्डियन चलचित्रमा अभिनय गर्ने खबरले यतिबेला नेपाली फिल्मी बजारलाई तताइरहेको छ ।

स्वस्तिमाले एञ्जल मारिया सिनेमासँग नेपाली चलचित्र निर्माण कम्पनी अनन्या फिल्मसले निर्माण गर्न लागेको साउथ इन्डियन चलचित्र ‘थिरिमाली’ मा अभिनय गर्ने पक्का भएको खबर बाहिरिएको छ ।

तर, स्वस्तिमाले यो चलचित्रमा काम गर्ने पक्का भइ नसकेको बताएकी छिन् । उनले भनिन् ‘मैले, चलचित्रको टिमसँग एक चरणमा कुरा गरेको छु । तर, चलचित्रको विषयमा गहिरो कुरा भएको छैन ।’

उनले पुन: थपिन् ‘हाम्रो पहिलो भेट परिचयात्मक रुपमा थियो । किन र केका लागि भेटिएको हो, मेरो भूमिका के हो भन्ने केही पनि कुरा भएको छैन । यसैले पनि मैले कुनै निर्णय गरिसकेकी छैनँ ।’

स्वस्तिमाले आगामी दिनमा फेरि कुराकानी भएपछि चलचित्र गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने बताइन् । यस चलचित्रमा स्वस्तिमासँगै विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, आना रेश्मा लगायतका कलाकारको अभिनय रहनेछ ।

चलचित्रमा माओत्से गुरुङसहित अन्य केही नेपाली कलाकारको समेत अभिनय रहने बताइएको छ । तर, चलचित्रमा को को नेपाली कलाकार रहने छन् त्यसको बारेमा भने अझै केहि जानकारी गराइएको छैन ।

यो चलचित्रको ७० प्रतिशत छायांकन काठमाण्डौ र मुस्ताङमा हुनेछ भने बाँकी ३० प्रतिशतको छायांकन भारतका विभिन्न स्थानमा हुनेछ । अनन्या फिल्मसले यो चलचित्रलाई हिन्दी भर्सनमा डब गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस