Cine Sanchar

Nepali Filmy Khabar

दुई चलचित्रबाट सर्वोत्कृष्ट नायकमा मनोनीत भए बिपिन कार्की

काठमाडौं | आफ्नो प्रत्येक चलचित्रको फरक फरक भूमिकामा बेजोड अभिनय प्रस्तुत गर्दै आइरहेका बहुप्रतिभाशाली तथा लोकप्रिय नायक बिपिन कार्की दुई चलचित्रबाट सर्वोत्कृष्ट नायकमा मनोनीत भएका छन् ।

फागुन २९ गते काठमाडौंको सोल्टी होटलमा आयोजना हुन गइरहेको नेफ्टा ( NEFTA – नेपाल चलचित्र प्राविधिक संघ ) अवार्डमा उनि चलचित्र ‘प्रसाद’ र ‘हरि’ बाट सर्वोत्कृष्ट नायकमा मनोनीत भएका हुन् ।

दिनेश राउतको निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रसाद’ मा बिपिनले नायिका नम्रता श्रेष्ठसँग अभिनय गरेका छन् भने सफल केसी र प्रतिक गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘हरि’ मा उनले सुनिता श्रेष्ठसँग अभिनय गरेका छन्।

केहि महिना अगाडि पोखरामा आयोजना भएको ‘नेपाल नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड’ मा पनि बिपिनले चलचित्र ‘प्रसाद’ बाटै सर्वोत्कृष्ट नायकको अवार्ड जितेका थिए।

ड्रीम हाई नेपाल र एल आइ सी नेपालको संयुक्त रुपमा आयोजना हुन गइरहेको १० औं नेफ्टा अवार्डमा बिपिन कार्की सहित सर्वोत्कृष्ट ५ नायकमा अनमोल केसी, खगेन्द्र लामिछाने र विनय श्रेष्ठ मनोनीत भएका छन् ।

‘प्रसाद’ र ‘हरि’ जस्ता सफल चलचित्रमा गज्जबको अभिनय प्रस्तुत गरेका बिपिनले अहिले पनि यि प्रस्तिस्पर्धीलाई पछि पार्दै यि दुई चलचित्रमध्ये एउटा चलचित्रबाट यो अवार्ड हात पार्ने निकै सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस