Cine Sanchar

Nepali Filmy Khabar

साउथ इन्डियन चलचित्रमा अभिनय गर्दै स्वस्तिमा ?

काठमाडौं | आफ्नो अभिनय र सुन्दरताले युवा पुस्तामा गाढा छाप छोडेकी लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्का नेपाली चलचित्रसँगै अब साउथ इन्डियन चलचित्रमा पनि अभिनय गर्ने भएकी छिन् ।

प्राप्त जानकारी अनुसार साउथ इन्डियन चलचित्र ‘थिरीमाली’ मा स्वस्तिमाले अभिनय गर्न लागेकी हुन् । यस चलचित्रमा स्वस्तिमासँगै विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, आना रेश्मा लगायतका कलाकारको अभिनय रहनेछ ।

यो चलचित्रमा माओत्से गुरुङसहित अन्य केही नेपाली कलाकारको समेत अभिनय रहने जनाइएको छ । तर, यो चलचित्रमा नेपाली कलाकार को को रहने भन्ने अझै फाइनल नभएको बुझिएको छ ।

चलचित्रमा स्वस्तिमाको भूमिका के – कस्तो रहने भन्ने पनि खुलाइएको छैन । स्वस्तिमाले पनि चलचित्रमा अभिनय गर्ने बारे अहिलेसम्म कुनै जानकारी दिएकी छैनिन् । यो चलचित्रको छायांकन नेपालमा पनि गरिने जानकारी प्राप्त भएको छ ।

यसअघि पनि स्वस्तिमाले एक अमेरिकन चलचित्रमा अभिनय गर्ने फाइनल भइसकेको छ । उक्त चलचित्रमा स्वस्तिमाले भुटानी शरणार्थीको भूमिका निभाउँदै छिन् ।

प्रतिक्रिया दिनुहोस