Cine Sanchar

Nepali Filmy Khabar

माग्ने बुढाको म्युजिक भिडियोमा ५ लाख पारिश्रमिक

काठमाडौं | नेपाली चलचित्रका चर्चित कलाकारहरु यतिबेला म्युजिक भिडियोमा निकै सक्रिय रहेका छन् । तिनै कलाकारहरुबीच हामी सबैको प्रिय कलाकार केदार प्रसाद घिमिरे ( माग्ने बुढो ) पनि म्युजिक भिडियोमा देखिन थालेका छन् ।

चर्चित कलाकारहरु पल शाह, पूजा शर्मा, पुष्प खड्का, आकाश श्रेष्ठ, वर्षा राउत, आचल शर्मा, नाजिर हुसेन, वर्षा सिवाकोटी लगायतका कलाकारले भिडियोका लागि एकदेखि डेढ लाखसम्म पारिश्रमिक लिदै आएका छन् ।

यसैबीच हाँस्य कलाकार केदार प्रसाद घिमिरे ( माग्ने बुढा ) ले एक म्यूजिक भिडियोमा काम गरे बापत ५ लाख पारिश्रमिक लिएका छन् ।

‘इस’ बोलको गीतमा काम गरेबापत केदारले ५ लाख पारिश्रमिक लिएका हुन् । केदारले पनि ५ लाख बुझेको बताए । यो गीतले युट्युबमा राम्रो सफलता पाइरहेको छ।

उनले भने ‘यो गीत मन परेपछि मैले यसका निर्मातालाई भिडियोको अधिकार आफूलाई दिन आग्रह गरेको थिएँ । तर, उहाँले भिडियो आफै सार्वजनिक गर्ने भन्दै मेरो पारिश्रमिक सोध्नुभयो ।

मैले ५ लाख लिएर काम गर्छु भने । उहाँले मलाई ५ लाख दिन तयार हुनुभयो ।’ भिडियोमा ५ लाख लिएर काम गरेका केदार सर्वाधिक महंगो कलाकार समेत बनेका छन् ।

उनले पुन थपे ‘मलाई गीत पनि मन परेको थियो, यसैले काम गर्न तयार भएको हुँ ।’ तर, आफूले निरन्तर भिडियोमा काम नगर्ने उनले बताए ।

सम्राट चौलागाँइको शब्द तथा संगीत रहेको ‘इस’ बोलको गीतमा सम्राट र रचना रिमालको स्वर छ । भिडियोमा पल शाह, गीता ढुंगाना, केदार प्रसाद घिमिरे, दिपाश्री निरौला, निर्मल शर्मा, लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस