Cine Sanchar

Nepali Filmy Khabar

बिपिन र आँचल लक्की मिडियाद्वारा सम्मानित

काठमाडौं | चलचित्रमा आफ्नो बेजोड अभिनय प्रस्तुत गर्दै आइरहेका लोकप्रिय अभिनेता बिपिन कार्की र अभिनेत्री आँचल शर्मा सम्मानित भएका छन् ।

लक्की मिडिया हाउसले आफ्नो ५ औं वार्षिक उत्सवको अवसरमा चितवनमा आयोजना गरेको एक कार्यक्रममा बिपिन कार्की र आँचल शर्मालाई सम्मान गरेको हो ।

आफ्नो अभिनयमार्फत नेपाली कला क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकासमा योगदान पुर्याएको भन्दै बिपिन र आँचललाई सम्मान गरिएको हो ।

कार्यक्रममा दिग्गज कलाकार निर शाह, पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांँग्रेसका केन्द्रीय सदस्य गगन थापा र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की लगायतले दुवैलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह, नेपाली कांँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी, नेता राजकुमार राजभण्डारी लगायतको उपस्थिति रहेको थियो ।

सम्मान कार्यक्रममा साहित्यकार झमक घिमिरेद्वारा लिखित नेपाली चलचित्र ‘जीवन काँडा की फूल’ प्रर्दशन गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस