प्रदीप खड्कालाई चुनौती

 प्रदीप खड्कालाई चुनौती

काठमाडौं | चलचित्रमा बेजोड अभिनय प्रस्तुत गर्नमा माहिर हुन् अभिनेता प्रदीप खड्का । लोकप्रियता त उनको झन् दिनानुदिन बढ्दो क्रममा नै छ । नेपाली चलचित्रको टप अभिनेतामा जो परे ।

उनलाई चलचित्र कमी छैन । निर्माण टिमहरु अफर लिएर आइरहने गर्छन् । तर, प्रदीप वर्षमा एक दुईवटा चलचित्र गर्छन् । अहिलेसम्म उनले सात आठ वटा चलचित्रमा अभिनय गरे ।

प्रदीपका चलचित्र प्रायः प्रेमकथामा आधारित छन् । त्यसैले पनि दर्शकहरु उनलाई लभर ब्याय जो भन्छन् । भन्ने नै भए लभर ब्यायको भूमिकालाई पनि कत्ति न्याय गरेको । हकदार छन् उनि ‘लभर ब्याय’ को ट्यागमा ।

अब लभर ब्यायको भूमिकामा होइन सामान्य मानिसको भूमिकामा ढल्दै छन् उनि । साच्चै भन्नुपर्दा उनि आफैंमा चुनौतीपूर्ण बनेका छन् । अहिलेसम्म लभर ब्यायमा देखिरहेका प्रदीप निकै फरक अवतारमा देखिदा कस्तो देखिएलान् ? एक उत्सुकता र प्रश्न !

त्यो फरक अवतार देख्न पाइदै छ चलचित्र ‘प्रकाश’ मा । हजुर सहि पढ्नुभयो चलचित्र ‘प्रकाश’ मा । दुर्गम गाउँको एक बीस बाइस वर्षको युवाको भूमिकामा देखिनु पर्ने छ प्रदीपलाई ।

त्यो पनि जुम्लाको युवा । भाषा र लवज पनि जुम्लाकै । कठिन त छ प्रदीपलाई दुरुस्तै जुम्लाको परिवेशमा प्रस्तुत हुन । यतिबेला भाषा र हाउभाउ सिक्दै छन् प्रदीप । अहो ! यतिमात्र कहाँ हो र तौल पनि घटाउनु पर्ने ।

सात केजी तौल त घटाइसके उनले तर, पनि अझै घटाउदै छन् तौल । तौल घटाएर बैसठ्ठी केजीमा झार्न धेरै मिहिनेत गर्दै छन् प्रदीप । पक्कै पनि गाह्रो महशुस त गर्दै छन् उनि ।

यहीँ गाह्रो कुरालाई आफ्नो कामको हिस्सा, कामसँग माया र सबैभन्दा ठूलो कुरा त दर्शकले आफूलाई यो चलचित्रमा बिलकुलै फरक देख्नुहुने बताउँछन् प्रदीप ।

उनको कुरा सुन्दा त यो चलचित्र चाडैं बनेर चाडैं हेर्न पाए हुन्थ्यो भन्ने लागिसक्यो हामीलाई । चलचित्र हेर्न पाइन्छ नै ढिलोचाडो हो । नयाँ चलचित्रको कामको लागि बेस्ट अफ लक प्रदीप जी ।

सम्बन्धित खबर