Cine Sanchar

Nepali Filmy Khabar

सर्वोत्कृष्ट नव-नायिकामा मलिका महत मनोनीत

काठमाडौं | आफ्नो पहिलो चलचित्रबाट नै दर्शकहरुको मन मस्तिष्कमा बस्न सफल भएकी लोकप्रिय नायिका मलिका महत सर्वोत्कृष्ट नव-नायिकामा मनोनीत भएकी छिन् ।

ड्रीम हाई नेपाल र एल आइ सी नेपालको संयुक्त रुपमा फागुन २९ गते काठमाडौंको सोल्टी होटलमा आयोजना हुन गइरहेको नेफ्टा ( NEFTA – नेपाल चलचित्र प्राविधिक संघ ) अवार्डमा उनि चलचित्र ‘यात्रा’ बाट सर्वोत्कृष्ट नव- नायिकामा मनोनीत भएकी हुन् ।

चलचित्र ‘यात्रा’ मा उनले चर्चित नायक सलिनमान बानियाँसँग अभिनय गरेकी छिन् । यो चलचित्रमा मलिकाले दृष्टिविहिनको भूमिका निभाएकी छिन् ।

‘यात्रा’ ले व्यावसायिक रुपमा ठूलो सफलता हासिल गर्न नसकेपनि यो चलचित्रका कलाकार र चलचित्रको चौतर्फी तारिफ भयो । चलचित्रलाई स्वर्गीय केशव भट्टराईले निर्माण गरेका थिए भने सम्राट शाक्यले निर्देशन गरेका हुन् ।

नेफ्टा अवार्डको ५ सर्वोत्कृष्ट नव – नायिकामा मलिका महतसँगै नायिका सुहाना थापा, उपासना सिंह ठकुरी, पूजा कर्ण, कामना भुजेल मनोनीत भएका छन् । लोकप्रियताको हिसाबले पनि यि प्रतिस्पर्धीलाई पछि पार्दै यो अवार्ड मलिकाले हात पार्ने सम्भावना निकै बढेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस