Cine Sanchar

Nepali Filmy Khabar

भोजपुरी चलचित्रमा फर्किए नायक विराज भट्ट

काठमाडौं | नेपाली सिने क्षेत्रमा चार वर्षपछि गत वर्ष आफ्नै अभिनय, निर्माण र निर्देशन रहेको चलचित्र ‘साङ्लो’ लिएर दर्शकहरुसामु प्रस्तुत भएका नायक विराज भट्ट पुनः भोजपुरी चलचित्रमा फर्किएका छन् ।

‘साङ्लो’ भन्दा अगाडि चलचित्र ‘जय परशुराम’ बाट उनि नेपाली चलचित्रमा फर्किएका थिए । तर, यो चलचित्र असफल भएपछि उनि पुनः नेपाली चलचित्रमा चार वर्षपछि फर्किएका हुन् ।

अब नेपाली चलचित्रलाई निरन्तरता दिने बताएका विराज अहिले उनी बनारसमा एकै सेड्युअलमा दुई भोजपुरी चलचित्र ‘क्रोध’ र ‘दिया बात्ती’ को छायांकन गरिरहेका छन् ।

सन्तोष मिश्राले निर्देशन गरिरहेको ‘क्रोध’ मा विराजको जोडीमा अनुराधा र धिरेन्द्र कुमार झाको निर्देशन रहेको चलचित्र ‘दिया बात्ती’ मा ऋचा दीक्षित छन् ।

एक समयमा नेपाली चलचित्रसँगै भोजपुरी चलचित्रमा मजबुत स्टारडम कायम बनाएका विराजले पहिलेको जस्तै जोश र जाँगरका साथ काम गरिरहेको बताएका छन् ।

‘साङ्लो’ प्रदर्शन पूर्व विराज र एक संगीतकारबीच एक गीत चोरी गरेको आरोपमा विवाद उत्पन्न भएको थियो । प्रदर्शनपछि दुई महिनामा कोरोनाका कारण देशभर लकडाउन गरिएपछि विराज करीब ९ महिना आफ्नो परिवारसँग नेपालमा नै बसेका थिए ।

उक्त समयमा उनले चलचित्र ‘साङ्लो २’ को तयारी गरेको जानकारी प्राप्त छ । साइन गरेका भोजपुरी चलचित्रको छायांकन पूरा गरेपछि उनी यो चलचित्रको निर्माणमा जुट्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस