पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाका नाती हलिउड फिल्ममा

 पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाका नाती हलिउड फिल्ममा

एजेन्सी | नेपालको पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाका नाती आफ्नो गज्जबको प्रतिभाले यतिबेला हलिउड फिल्म क्षेत्रमा चर्चामा आउँदै गरेका छन् ।

हलिउड स्टुडियो ड्रीमवक्र्स एनिमेसनले निर्माण गरेको अमेरिकी फिल्म ‘एबोमाइनेबल’ मा नाती तेन्जिङ नोर्गे ट्रेनरले एक मुख्य पात्रमा स्वर भरेका छन् । फिल्मको कथा पनि मुख्य पात्रले सगरमाथा क्षेत्रमा यतिको खोजीको गर्ने कुरामा छ ।

उनका हजुरबुवा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मा सगरमाथाको पहिलो आरोहण गरेका थिए ।

हलिउड म्यागजिनसँग कुरा गर्दै अभिनेता तेन्जिङ नोर्गे ट्रेनरले आफ्ना हजुरबुबाको सम्मान र स्मरणका लागि हलिउड फिल्ममा सहभागिता जनाएको बताएका छन् ।

फिल्म ‘एबोमाइनेबल’ गतवर्ष अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन भैसकेको छ । यो फिल्मबाट उनले बेस्ट भ्वाइस एक्टरको रुपमा ‘एनी’ अवार्ड पनि जितेका छन् ।

फिल्ममा तेन्जिङसहित एसियन अमेरिकन कलाकारद्धय कोल बेनेट र अल्बर्ट साइ पनि मुख्य भूमिकामा छन् । एनिमेसन फिल्मबाहेक तेन्जिङ ‘द मोर्डन फ्यामिली’, ‘क्लुलेस एन्ड गुड लक चार्ली’ मा अभिनय गरेका छन् ।

डिज्नीद्वारा प्रस्तुत चर्चित टेलिभिजन शो ‘लिभ एन्ड म्याडी’ मा तेन्जिङ नोर्गे ट्रेनर ‘पार्कर रुनी’ को रुपमा दर्शकहरुमाझ निकै चर्चित छन् ।

सम्बन्धित खबर