पुजा शर्माको चलचित्रमा आएका उतारचढाव

 पुजा शर्माको चलचित्रमा आएका उतारचढाव

काठमाडौं | आफ्नो दमदार अभिनले सम्पूर्ण दर्शकहरुको रोजाइमा पर्न सफल भएकी अभिनेत्री हुन् पुजा शर्मा । उनि नेपाली चलचित्र क्षेत्रमा यति लोकप्रिय छिन् कि कुरै छाडौं ।

फ्यान त झन कति हो कति, स्टारडम पनि उस्तै ! जब उनको नयाँ चलचित्र प्रदर्शन हुन्छ, भन्नै पर्दैन चलचित्र हल त हाउसफुल नै हो ।

यति मात्रै त अझ कहाँ हो र ! हलमा प्रदर्शन भएको नयाँ चलचित्र केहि समयपछि युट्युबमा सार्वजनिक गरिन्छ । त्यहाँ पनि उस्तै, लाखौं करोडौं भ्युज देख्न पाइने । वाह ! पुजा दर्शकको माया होस् त यस्तो ।

अब कुरा गरौं पुजाले सुरुदेखि अहिलेसम्म अभिनय गरेका चलचित्रमा आएका उतारचढावको बारेमा । अर्थात साधारण तरिकाले भन्नु पर्दा चलचित्रको सफलता – असफलता तथा उनको चलचित्र करिअर ।

पुजाले ‘थ्री लभर्स’ चलचित्रबाट नेपाली चलचित्र जगतमा कदम राखिन् । जसमा प्रियंका कार्की, निरज बरालसँग उनको अभिनय रहेको थियो । तर, चलचित्रले सफलता हात पार्न सकेन ।

दोस्रो चलचित्र गरिन् ‘मधुमास’ । जोडीमा थिए आर्यन सिग्देल । सुदर्शन थापाको निर्देशनमा निर्माण भएको तर, यो चलचित्रले राम्रो गति लिन सकेन ।

तेस्रो चलचित्र ‘अझै पनि’ मा गरिन् अभिनय । मुख्य भूमिकामा पुजा र सुदर्शन थापा रहेका । यो पनि चर्चामा आउन सकेन । व्यहोर्नुपर्‍यो चलचित्र निर्माण टिमले ठूलो घाटा।

त्यसैगरी उनले चलचित्र ‘चंखे शंके पंखे’ गरिन् । चलचित्रमा थिए सुवास थापा, सुदर्शन थापा, प्रेम पुरी, नन्दिता केसी लगायतका कलाकार । यो चलचित्रले गर्‍यो औसत व्यापार ।

अभिनेता प्रदीप खड्कासँग गरिन् चलचित्र ‘प्रेम गीत’ । वाह ! पुजा चलचित्र गर्ने यस्तो पो हो त ! क्या कमालको अभिनय मनै जित्यो नि ! चलचित्र सुपर डुपर हिट, व्यापार पनि धमाका।

अब आउँदै छिन् है उनि मेन ट्र्याकमा । चलचित्र ‘म यस्तो गीत गाउँछु’ । पुजाको जोडी पल शाह । कुरै सक्कियो नि ! टिकट किन्न पनि झगडा गर्नुपर्ने । चलचित्र सुपर हिट जोडी त झन हिट । चलचित्रको व्यापार करोडमा, पुगेन त यति भए पुजा जी ?

कहाँ पुग्नु यतिले ! ‘रामकहानी’ त अझै बाकी नै छ नि ! अभिनेता आकाश श्रेष्ठ ! हजुर सहि पढ्नुभयो आकाश श्रेष्ठ । बल्ल पो सुरु हुँदै छ असली धमाका ।

हलमा चलचित्र ‘रामकहानी’ चलिरहेको । आम्मा मा कति हुन् दर्शक बाफरे बाफ । चलचित्र ब्ल्कबस्टर्ड । पुजा आकाशको जोडी के सारो फापेको यस्तो । जताततै पुजा आकाश – पुजा आकाश । जोडी पल शाहसँग भन्दा आकाशसँग लास्टै हिट भयो नि त ।

अब आऔं चलचित्र ‘पोई पर्‍यो काले’ मा । मल्टी स्टारर, पुजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल र शृष्टी श्रेष्ठ । अभिनय सबैको दमदार तर, कथा अल्ली फिक्का, अनि जोडी पनि फरक । चलचित्रलाई गनियो औसतमा ।

आगामी चलचित्रहरु त अवगत नै छ पुजाको । दुई चकलेटी अभिनेता आकाश र पलसँग चलचित्र ‘म यस्तो गीत गाउँछु २’, ‘सम्झना बिर्सना’, ‘सम्हालिन्छ कहिले मन’ र ‘मन परेसी पर्‍यो’ । यिनी चलचित्रहरु प्रदर्शन अगावै नै सुपर हिट मानिन पुगेका छन् त पुजा जी ! के जादु गरेको यस्तो ? आगामी सफलताको लागि अग्रिम शुभकामना है त ।

सम्बन्धित खबर