लोक दोहोरी कार्यक्रम ‘इन्द्रेणी’ अब हिमालय टेलिभिजनबाट प्रसारण हुने

 लोक दोहोरी कार्यक्रम ‘इन्द्रेणी’ अब हिमालय टेलिभिजनबाट प्रसारण हुने

काठमाडौं | धेरै समय अगाडिदेखि ‘एबीसी टेलिभिजन च्यानल’ मा प्रसारण हुँदै आइरहेको लोकप्रिय लोक दोहोरी कार्यक्रम ‘इन्द्रेणी’ अबदेखि हिमालय टेलिभिजनमा प्रसारण हुने भएको छ ।

विगत १० वर्षदेखि प्रसारण हुँदै आएको यो कार्यक्रम अब ‘हिमालय इन्द्रेणी’ का रुपमा हरेक दिन सााझ ६ बजेदेखि कार्यक्रम प्रसारण हुने हिमालय टेलिभिजनले जनाएको छ ।

देशका विभिन्न भागमा पुगेर स्थानीय संगीत र प्रतिभाहरुलाई समेत स्थान दिइरहेको ‘इन्द्रेणी’ ले लोकप्रिय कलाकारलाई कार्यक्रम निम्त्याउँदै रोचक दोहोरीसमेत खेलाउँदै आएको छ ।

नेपाली लोकगीत संगीतको संरक्षण र प्रर्बद्धन गर्दै संगीतमार्फत् असहाय एवं पिछडिएका मानिसलाई सेवा पनि गर्ने आफ्नो उदेश्य बमोजिम कार्यक्रमलाई स्तरोन्नती गरी एचडी क्वालिटीमा हिमालय टीभीमा प्रसारण गर्न लागिएको कार्यक्रम सञ्चालक कृष्ण कँडेलले बताए ।

सम्बन्धित खबर