द चेनस्मोकर्सको संगीतमा १९७४ एडीको नयाँ गीत सार्वजनिक (भिडियो)

 द चेनस्मोकर्सको संगीतमा १९७४ एडीको नयाँ गीत सार्वजनिक (भिडियो)

काठमाडौं | विश्वव्यापी प्रचलित कलाकार जोडी ‘द चेन स्मोकर्स’सँग नेपालको लोकप्रिय फोल्क रक ब्यान्ड १९७४ एडीले सांगीतिक सहकार्य गर्दै आफ्नो नयाँ गीत ‘साथीभाइ’ रिलिज गरेको छ। यसमा विश्वव्यापी लोकप्रिय ‘द चेन स्मोकर्स’को हिट गीत ‘होप’को संगीत प्रयोग गरिएको छ।

उक्त नयाँ ट्र्याकमा १९७४ एडीको अद्वितीय अवाजलाई चेन स्मोकर्सको गीत ‘होप’को संगीतसँग मिलाइएको छ, जुन हालसम्म एक अर्बभन्दा बढी स्ट्रिम प्राप्त गरेको ‘सिकबोई’ एल्बमबाट रहेको छ। ‘साथीभाइ..’ गीतको नयाँ ट्रयाक युट्युबमा उपलब्ध छ ।

 

विश्वमै चर्चित सांगीतिक ब्यान्ड ‘द चेनस्मोकर्स’सँग सहकार्य गर्न पाउनु आफ्ना लागि रमाइलो अनुभव भएको १९७४ एडी ब्यान्डले जनाएको छ । ‘यो सहकार्यका लागि काम गर्नु हाम्रो लागि निकै रमाइलो अनुभव भयो । यस गीतमा सकारात्मकता र एकताको सन्देश निकै रमाइलो शैलीमा पेस गरिएको छ । दर्शकहरूले यो गीत मन पराउनुहुनेछ भन्ने आशा गर्छौं,’ १९७४ एडीका एड्रियन प्रधानले भने ।

द चेन स्मोकर्सका एलेक्स पालले १९७४ एडीसँगको सहकार्यबारे भने, ‘त्यस क्षेत्रको निकै सफल समूहसँग काम गर्न पाउने थाहा पाउँदा हामी निकै उत्सुक छौं। यो प्रोजेक्टको मुख्य लक्ष्य पनि यही हो।’

टुबोेर्गले विश्वको दुई कुनामा रहेका कलाकारलाई जोड्न सफल बनाइरहेको छ नत्र भने हामी दुवैलाई एकअर्कालाई चिन्न वा सम्पर्कमा रहन निकै गाह्रो हुन्थ्यो । मलाई लाग्छ कि यो निकै राम्रो कुरा हो र नयाँ गीतका लागि निकै उत्सुक छु ।’

अब नेपालका संगीतप्रेमीले जोइन्ट बिटका साथमा सामाजिक सञ्जालमा भएको नयाँ एआर फिल्टर र ‘ह्यासट्याग ज्वाइनदिबिट’को प्रयोग गरी १९७४ एडीको उक्त नयाँ ट्र्याकको मजा लिएको आफ्नो भिडियो अपलोड गर्न सक्नेछन्।

सम्बन्धित खबर