Cine Sanchar

Nepali Filmy Khabar

‘डेस्पासितो’लाई उछिन्दै, यो गीत बन्यो युट्युबमा सबभन्दा धेरै हेरिएको भिडियो

एजेन्सी | ३ वर्ष अगाडि लुइस फोन्सीको आवाज रहेको ल्याटिनियन ‘डेस्पासितो’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको थियो जसले युट्युबमा सबैभन्दा बढी भ्युज पाई सबैभन्दा बढी हेर्ने भिडियोमध्ये अग्र स्थानमा थियो ।

युट्युबमा ३ वर्षदेखि लगातार सबैभन्दा बढी भ्युज पाएर राज गरिरहेको यो म्यूजिक भिडियोलाई यतिबेला एक बाल गीतको भिडियोले पछाडि पारेको छ ।

युट्युबमा साउथ कोरियाली कम्पनी ‘पिंकफङ’ ले प्रस्तुत गरेको यो भिडियो युट्युबको सबभन्दा बढी हेरिएको भिडियोमध्ये अहिले यो भिडियो शीर्ष स्थानमा पर्न सफल भएको हो ।

यो बालगीत सन् १९७० तिर अमेरिकी समर क्याम्पहरूमा सिर्जना भएको मानिन्छ । यो गीत त्यो समयमा १० वर्षीय कोरियाली-अमेरिकी गायक होप सिजोइनले गाएका हुन् ।

‘बेबी सार्क’ भिडि‌ओ युट्युबमा सार्वजनिक भएको ४ वर्षपछि पहिलो स्थानमा आउन सफल भएको हो । तर, यो गीत युट्युबमा सार्वजनिक भएको मितिभन्दा अझै पुरानो भएको बिबिसीले जनाएको छ ।

‘बेबी सार्क’ भिडियो सन् २०१६ जुन १८ मा ‘पिंकफङ किड्स सङ एन्ड स्टोरिज्’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो । यो बालगीत जम्मा १ मिनेट ४५ सेकेन्डको छ । जसमा २ करोड २० लाख लाइक छ भने १ करोड डिसलाइक रहेको छ ।

‘पिंकफङ किड्स सङ्ग एन्ड स्टोरिज्’ युट्युब च्यानलका ४ करोड ३ लाख सब्स्क्राइबर छन्।
‘बेबी सार्क’ १ नम्बरमा आएपछि ल्याटिन पप गायक लुइस फोन्सीको ‘डेस्पासितो’ पछि परि दोस्रो स्थानमा रहेको छ ।

मंगलबारसम्म ‘डेस्पासितो’ म्यूजिक भिडियोको भ्युज झन्डै ७ अर्ब ४ करोड रहेको छ भने ‘बेबी सार्कले’ यसलाई उछिन्दै ७ अर्ब ५ करोड भ्युज पार गरिसकेको छ।

त्यस्तै चर्चित गायक एड शरिनको ‘सेप अफ यु’ युट्युबमा सबैभन्दा बढी हेरिएको म्यूजिक भिडियोमध्ये यो गीत तेस्रो स्थानमा रहेको छ । जसले ५ अर्ब ४ करोडभन्दा बढी भ्युज बटुलेको छ ।

प्रतिक्रिया दिनुहोस