Cine Sanchar

Nepali Filmy Khabar

रोकियो ‘द ब्याटम्यान’को सुटिङ, अभिनेता रोबर्ट प्याटिन्सनलाई कोरोनाको संक्रमण पुष्टी

एजेन्सी | थुप्रै सुपर हिट चलचित्रमा आफ्नो दमदार अभिनय प्रस्तुत गरेका प्रतिभाशाली ब्रिटिस अभिनेता रोबर्ट प्याटिन्सनलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
robert
संक्रमण पुष्टि भएपछि उनी अभिनित ‘द ब्याटम्यान’को काम हालका लागि रोकिन पुगेको समाचार बिबिसीले प्रकाशित गरेको छ।

सिनेमा निर्माण कम्पनी वार्नर ब्रदरका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै ब्याटम्यान सिनेमाका एक सदस्यलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका छन्।यध्यपी सो विज्ञप्तिमा कोरोना पोजेटिभ पाइएका व्यक्तिको नाम भने उल्लेख छैन । उनले सिनेमाको काम रोकिएको भने बताएका छन् ।

सिनेमासहित विविध विषय समेटेर मासिकरूपमा प्रकाशित हुँदै आएको अमेरिकी पत्रिका भ्यानिटी फेयरले वार्नर ब्रदर्शले कसलाई कोरोना भएको नबताएपनि कोरोना लागेका ती व्यक्ति प्याटिन्सन भएको जनाएको छ ।

यसबारेमा वार्नर ब्रदर्श र प्याटिन्सनका प्रतिनिधिसँग सम्पर्क गर्ने कोशिश भए पनि हुन नसकेको समाचारमा उल्लेख छ ।मार्चमा लकडाउन हुनु मात्र तीन दिन पहिलेबाट सिनेमाको सुटिङ पुनः सुरू भएको थियो ।

प्रतिक्रिया दिनुहोस