कोरोना र खराब समिक्षालाई पार गर्दै ‘बाघी ३’ पुग्यो सय करोडको नजिक

 कोरोना र खराब समिक्षालाई पार गर्दै ‘बाघी ३’ पुग्यो सय करोडको नजिक

( सिने सञ्चार ) |  यतिबेला विश्वभर कोरोना भाइरसले तबाही मच्चाएको माहोलमा प्रदर्शन भएको टाइगर श्रोफ र श्रधा कपूर अभिनित फिल्म ‘बाघी ३’ सय करोड क्लबको नजिक पुगेको छ ।

प्रदर्शन भएको केहि दिनपछि सम्पूर्ण हलहरु बन्द हुन थालेपनि यो फिल्मको व्यापार भने भारतमै ९६.५ करोड पुगेको छ ।

अहमद खानको निर्देशनमा निर्माण भएको यो फिल्मले मुनाफा गर्न सफल न भएता पनि आफ्नो लगानी सुरक्षित गरेको छ ।

टाइगर श्रोफ अभिनित बहुप्रतिक्षीत मानिएको यस फिल्मलाई फिल्म हेरेका दर्शकहरुले ‘बाघी’ को पहिलो र दोस्रो श्रृङ्खलाभन्दा खत्तम फिल्म निर्माण गरिएको बताएका छन् ।

टाइगरको फिल्म हेर्न कोरोनाको जोखिम उठाएर हलसम्म पुगेका दर्शकहरु फिल्मको कहानीमा सोचेजस्तो दम न भएकोले निराश भएर निस्किएका हुन्।

एकातिर कोरोनाको जोखिम र अर्कातिर दर्शकहरुको खराब समिक्षाले निर्माण टिमलाई निकै नै नोक्सान हुने देखिएता पनि फिल्ममा टाइगरको भरपुर एक्सनले दर्शकहरुलाई हलसम्म खिच्न बाध्य बनायो ।

६ मार्चदेखि प्रदर्शनमा आएको यो फिल्मले विश्वव्यापी रुपमा १३७ करोडको व्यापार गर्न सफल भएको छ ।

यस फिल्ममा जोरदार एक्सनको साथै दुई भाइबीचको सम्बन्ध तथा देशभक्तिको कथावस्तु समेटिएको देख्न सकिन्छ ।

नाडियाडवाला ग्र्याण्डसन इन्टरटेनमेन्ट कम्पनीद्वारा निर्माण गरिएको यस फिल्ममा टाइगर श्रोफ र श्रधा कपूरको साथै रितेश देशमुख, ज्याक्की श्रोफ , अंकिता लोखन्डे, चङ्की पाण्डे, आशुतोष राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *