ध्रुमुस सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’ ४ करोड भन्दा बढीको व्यापार गर्न सफल

 ध्रुमुस सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’ ४ करोड भन्दा बढीको व्यापार गर्न सफल

( सिने सञ्चार ) |  सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको सिताराम कट्टेल (ध्रुमुस) र कुन्जना घिमिरे (सुन्तली) को फिल्म ‘सेन्टी भाइरस’ ले ४ करोड भन्दा बढीको व्यापार गर्न सफल भएको छ ।

गत शुक्रबारबाट देशभर प्रदर्शन भएको यस फिल्मले ९ दिनसम्म आइपुग्दा ४ करोड ८ लाखको ग्रस कलेक्सन गरेको छ ।

यस फिल्मले राजधानी भित्र २ करोड १० लाख ३ हजार र राजधानी बाहिर १ करोड ९० लाख ५ हजारको ग्रस कलेक्सन गरेको वितरक गोविन्द शाहीले जानकारी दिएका छन् ।

फिल्म निर्माण र प्रचारप्रसार गरि लगभग २ करोड ८५ लाख लागत लागेको यस फिल्मले ग्रस कलेक्सन बाहेक बिदेश राइट्सबाट १ करोड १५ लाख र डिजिटल राइट्सबाट ४५ लाखको व्यापार गरिसकेको छ ।

यस फिल्मको नाफाको ५० प्रतिशत रकम जनस्तरबाट चितवनको रामपुरमा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई प्रदान गरिने भएको छ ।

यस फिल्ममा सिताराम कट्टेल, कुञ्जना घिमिरे दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, वसन्त भट्ट र दीपक आचार्यको मुख्य भूमिका रहेको छ ।

‘सेन्टी भाइरस’ मा डिन्डु लामा ह्योल्मोको लगानी , राजनराज सिवाकोटी र कालीप्रसाद बास्कोटाको सङ्गीत र शैलेन्द्र धोज कार्कीको छायाङ्कन रहेको छ ।

त्यसै गरि निमेष श्रेष्ठको सम्पादन कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् ।

 

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *