गल्फ देशका लागि मोटो रकममा बिक्यो फिल्म ‘प्रेम गीत ३’

 गल्फ देशका लागि मोटो रकममा बिक्यो फिल्म ‘प्रेम गीत ३’

( सिने सञ्चार ) |   निर्माता तथा निर्देशक सन्तोष सेनको आगामी फिल्म ‘प्रेमगीत ३’ को बिदेश राइट्स फिल्म प्रदर्शन न हुँदै धमाधम बिक्री भैरहेको छ ।

गल्फ देशहरु कतार, कुवेत, युएई, ओमन, साउदी अरेबिया र बहराइनको लागि १२ लाखमा रमेश ढकाल र सन्तोष सेनबीच राइट्स खरिद बिक्रीको सहमति भएको छ ।

यि देशहरुको राइट्सको रकम उठे बाफत मुनाफाको ५० प्रतिशतको दरले दुई पक्षिय बाँडफाँड हुने भएको छ ।

यो भन्दा पहिला पनि नर्थ अमेरिका, मेक्सिको, क्यानडा लगायतका देशहरूमा प्रदर्शनको लागि ग्लोबल नेपाली अवार्डले फिल्मको राइट ५१ लाखमा खरिद गरेको थियो ।

त्यस्तै युके र युरोपका ८ देशहरुका लागि ३० लाखमा बिक्री भएको थियो । फिल्म प्रदर्शनमा न आउँदै अहिले सम्म यस फिल्मको बिदेश राइट्सको बिक्रीबाट फिल्मले ९३ लाखको व्यापार गर्न सफल भैसकेको छ ।

यस फिल्ममा प्रदिप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, अनुभव रेग्मी, योगिशा खत्री, संवृद्धि शाही ठकुरी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सन्तोष सेनले लगानी गरेको यस फिल्ममा भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् भने कल्याण सिंह र एलिश कार्कीले सङ्गीत भरेका छन् ।

कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको द्वन्द रहेको फिल्म ‘प्रेमगीत ३’ आउँदो नयाँ वर्ष चैत २८ गतेदेखि नेपालभर प्रदर्शन हुँदै छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *