रेखा थापाको आगामी फिल्मको घोषणा: दयाह्याङ र सौगात पुन: एकसाथ

 रेखा थापाको आगामी फिल्मको घोषणा: दयाह्याङ र सौगात पुन: एकसाथ

माघ १ ( सिने संचार )|     पछिल्लो पटक फिल्म ‘मालिका’ निर्माण गरेकी अभिनेत्री रेखा थापाले माघे संक्रान्तिको शुभकामना व्यक्त गर्दै आफ्नो आगामी फिल्मको घोषणा गरेकी छिन् । रेखाले आफ्नो नयाँ फिल्ममा अभिनेता दयाह्याङ राई र सौगात मल्ललाई अनुबन्ध गरेकी छिन् ।

आफनै होम प्रोडक्सन रेखा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको नाम खुलासा गरिएको छैन तर यो फिल्म २०७७ सालको लक्ष्मी पूजाको अवसर जुराएर प्रदर्शन हुने भएको छ ।

रेखा फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो फिल्म छैटौं फिल्म हो जुन फिल्मलाई सविर श्रेष्ठले निर्देशन गर्दै छन् । बैशाखबाट निर्माण प्रक्रियामा जाने फिल्ममा रेखाको पनि अभिनय रहने भएको छ ।

यसअघि रेखाले रेनशा वान्तवा राईको निर्देशन रहने गरि नयाँ फिल्मको घोषणा गरेकी थिइन् । तर, रेनशा आफ्नो होम प्रोडक्सनको फिल्म ‘आइ एम ट्वान्टिवान’ मा व्यस्त हुने भएपछि रेखाले निर्देशक सविर श्रेष्ठसँग प्रोजेक्ट अगाडि बढाएकी हुन् ।

रेखाले फिल्मको कथाले नै सौगात र दयाह्याङ खोजेको र फिल्म एक्सन प्रधान हुने बताएकी छिन् भने फिल्मको कथा जगदिश्वर थापाले लेखिरहेका छन् ।

सौगात र दयाह्यङसँग टिमअप भएको यो फिल्म विषय प्रधान हुने र यि कलाकारसँग स्क्रिन साझेदारी गर्दा दर्शकहरुले केही नयाँ कुरा पाउने कुरा रेखाले बताएकी छिन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *