शुशिल र रुबिनाको’लभ डायरिज’को टिजर सार्वजनिक

 शुशिल र रुबिनाको’लभ डायरिज’को टिजर सार्वजनिक

पुष २९ ( सिने संचार )|    आउँदै गरेको यस वर्षको भ्यालेनटाइन्स डे को दिनबाट नेपालभर प्रदर्शनमा आउन लागेको फिल्म ‘लभ डायरिज’को टिजर सार्वजनिक गरिएको छ ।

यस अघि निर्माण टिमले फिल्मको ‘सुन्यौ कि सुनेनौ तिमीले’ र ‘छम छम’बोलको गीत सार्वजनिक गरिसकेको छ जुन चौतर्फी हिट भइसकेका छन् ।

सार्वजनिक गरिएको यस फिल्मको टिजरमा एक माया गर्ने जोडीको माया र बिछोडको कहानी समेटिएको अनुमान लगाउन सकिन्छ ।

शुशिल श्रेष्ठ, रुबिना थापा र विश्वजीत रिमालको मुख्य भुमिका रहेको यस फिल्ममा अर्जुन पोख्रेलले सङ्गीत दिएका छन् भने बिक्रम लामा र अञ्जीला खत्रीको कोरियोग्राफी रहेको छ ।

 

रिच इन्टरटेनमेन्ट, जि जि ए ग्रुप र एफ डी कम्पनीले वितरण गर्ने यस फिल्मलाई बिनोद साप्कोटाले लगानी गरेका छन् भने मधु बास्तोलाले फिल्मको कहानी लेखेकी हुन् ।

पहिला यो फिल्मको प्रदर्शन मिति असोज ३ गते तय गरिएको थियो तर असोज ३ मै दयाह्याङ राईको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ पनि प्रदर्शन हुने भएकोले यस फिल्मको प्रदर्शन मिति पर सारिएको थियो ।

प्रेम कथामा आधारित भएर निर्माण गरिएको यस फिल्मलाई सौरभ चौधरीले निर्देशन गरेका छन् भने फिल्म फाल्गुन २ गतेबाट देशभर प्रदर्शन हुँदै छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *